मोरङमा दुर्घटना - एकको मृत्यु, २१ घाइते - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मोरङमा दुर्घटना – एकको मृत्यु, २१ घाइते



हिमालपोस्ट/काठमाडौँ-

बिहीबार मोरङको पथरीमा यात्रुबस र मिनी ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ साथै २१ यात्री घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार मृतकको सनाखत खुलेको छैन । घाइतेमध्ये सात जनाको विराटनगरस्थित नोबेल अस्पताल, ५ जनाको न्यूरो अस्पताल विराटनगर र थप ९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठोकिने मिनी ट्रकको नम्बर मे १ च ९३९१ र यात्रु बसको नम्बर १ ख ८४४८ रहेको छ। सो बस रमाइलोबाट झापा जाँदै थियो। घाइतेमध्ये कानेपोखरीका टिकाराम थापा र उर्लाबारीकी इन्द्रमाया गुरुङको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ ।