भ्याइस अफ नेपालको दोस्रो सिजनबाट निकालिइन् अभया - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भ्याइस अफ नेपालको दोस्रो सिजनबाट निकालिइन् अभया



काठमाडौँ –

दोस्रो सिजनको ‘द भ्वाइस अफ नेपाल’ घोषणा भएको छ। यससँगै भ्वाइस अफ नेपालका कोच फेरिएका छन्। यही घटनाले अहिले हल्ला मच्चिएको छ । प्रथम सिजनमा कोच रहेका अभया सुब्बा र अनुप पौडेल यस सिजनमा कोच रहनेछैनन्।

यी दुईका ठाउँमा  गायक राजु लामा र गायिका आस्था राउतलाई आएका छन्।  दीप श्रेष्ठ र प्रमोद खरेल भने कायम रहनेछन्।

जानकारी नै नदिई कोचबाट हटाइएपछि अभया आक्रोशित भएकी छन् । मूर्ख तर्क र कारणहरू देखाएर गरेर आफूलाई कोचबाट हटाइएको भन्दै दुःख व्यक्त गरेकी छन् ।

अभया ग्रान्ड फिनालेमा अनुपस्थित भएपछि मुख्यालय अभयासँग असन्तुष्ट भएको जनाउँदै उनको विकल्प खोजेको भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले बताए। पौडेलको भनाइलाई अभयाले आफ्नो ब्यान्डको युट्युब च्यानलमार्फत खण्डन गरेकी छन् ।

१३ मिनेट लामो भिडियोमा अभयाले फिनालेमा उपस्थित नहुने कुरा आफूले तीन महिना अघि नै व्यवस्थापनलाई जानकारी गराएको र व्यवस्थापनको अनुमति लिएर मात्रै आफू मेलवर्नमा कन्सर्टका लागि गएको बताएकी छन् ।

तर्कहीन कारणहरूले आफूलाई हटाएको उनले बताएकी छिन्।

https://youtu.be/j_qAT4m8PhE