अब अरु सबै एकातिर एमाले अर्कोतिर भए पनि बहुमत ल्याउँछ- ओली - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

अब अरु सबै एकातिर एमाले अर्कोतिर भए पनि बहुमत ल्याउँछ- ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध अहिले चारैतिरबाट घेराबन्दी भएको बताएका छन्। एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले सबैले घेराबन्दी गरेको तर्क उनले गरे।

आइतबार एमालेले अर्घाखाँचीमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘हामीविरुद्ध घेराबन्दी छ। एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो, त्यो बेला राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्। अब अरु एकातिर एमाले अर्कोतिर भए पनि आउँदो चुनावमा बहुमत सांसद जित्नुपर्छ। सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ।’

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्न सक्ने भन्दै उनले त्यसतर्फ सचेत रहन कार्यकर्तालाई निर्देशन दिए। ओलीले भने, ‘अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ। एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ। त्यो अरुमा छैन।’

अब हुने संसदीय चुनावमा एमालेले बहुमत ल्याएर एकल सरकार बनाउने उनको दाबी थियो। हाल जितेका ठाउँलाई सुरक्षित राख्दै हारेका ठाउँमा जित्नेगरी संगठन बनाउन उनले कार्यकर्तालाई निर्देशन दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, ‘झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन।’