कसले गर्दैछ आलम जोगाउने खेल ? - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

कसले गर्दैछ आलम जोगाउने खेल ?



काठमाडौं – जिल्ला अदालत रौतहटमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलगायतविरुद्ध विभिन्न ३ वटा मुद्दा दायर भएपछि दुई जना साक्षीले मुद्दा नै प्रभावित गर्ने प्रयासमा इजलासमै निवेदन दिए ।

रौतहट विस्फोटमा मारिएका ओसी अख्तरकी श्रीमती आमना खातुनले आफ्नो श्रीमान् विस्फोटमा मारिएको नभई वैदेशिक रोजगारीमा गएपछि नफर्किएको भनी इजलासमा निवेदन दिइन् । अनि मुद्दाका अर्का साक्षी गौरीशंकर रामले आफू विस्फोटमा नभई स्टोभ पड्किएर घाइते भएको भनी इजलासमा निवेदन दिए ।

रौतहटको राजपुरमा पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम विस्फोट भएको र त्यसका मृतक तथा घाइतेलाई आलमको समूहले जिउँदै इँटाभट्टामा जलाएको प्रहरीको आरोप छ । आलम पक्षधर भने ‘विस्फोट नै नभएको’ भन्ने आफ्नो दाबीलाई स्थापित गर्न प्रयास गरिरहेका देखिन्छन् ।

‘विस्फोट भएको भनी जति पनि प्रमाण पेस भएका छन्,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘आलम पक्षले जुनसुकै हतकण्डा अपनाएर भए पनि ती प्रमाणलाई नष्ट गर्न चाहन्छ ।’ साक्षीहरूलाई बयान फेर्न दिइएको दबाब त्यसकै उदाहरण भएको स्रोतले बतायो । कान्तिपुरमा खबर छ ।