क्रोएसियाविरुद्धको खेलमा बन्नेछ मेस्सीको नयाँ किर्तिमान - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

क्रोएसियाविरुद्धको खेलमा बन्नेछ मेस्सीको नयाँ किर्तिमान



एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपको आजको खेलमा नयाँ किर्तिमान बनाउने भएका छन् । क्रोएसियाविरुद्धको आजको खेलबाट मेस्सी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने छन् ।

मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मंगलबार हुने सेमिफाइनलमा लोथर मथाउसको कीर्तिमान बराबरी गर्ने संघारमा छन् । क्रोएसियाविरुद्धको खेल विश्वकपमा उनको २५ औं खेल हुनेछ । विश्वकप इतिहासमा हालसम्म जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान रहेको छ । मेस्सीलाई सेमिफाइनलपछि फाइनल वा तेस्रो स्थानका लागि हुने खेल खेल्दै सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाम गर्ने अवसर छ ।

मेस्सीपछि हाल अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका क्रिस्टियानो रोनाल्डो २२ खेलसहित सुचिमा छन् । सन्न्यास लिइसकेका खेलाडीमा भने जर्मनीका मिरोस्लाभ क्लोजले २४ र इटालीका पाओलो माल्डिनीले २३ खेल खेलेका छन् । जर्मनीकै थोमस मुलर र म्यानुएल नोएरले पनि १९-१९ खेल खेलेका छन् ।

यस्तै फ्रान्सका ह्युगो लोरिसले १८ खेल खेलेका छन् । उनले यस विश्वकपमा थप दुई खेल खेल्न सक्नेछन् । फ्रान्सका एन्टोइन ग्रिजमन, अर्जेन्टिनाका एन्जल डी मारिया र क्रोएसियाका लुका मोड्रीचले पनि १७-१७ खेल खेलेका छन् ।