प्रधानमन्त्रीको शपथ लगत्तै आजै मन्त्रिपरिषद् गठन हुने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रधानमन्त्रीको शपथ लगत्तै आजै मन्त्रिपरिषद् गठन हुने



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।

प्रचण्डको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

आइतबारै प्रचण्डले आफूलाई १६९ सांसदको समर्थन रहेको दाबीसहितको पत्र राष्ट्रपतिलाई बुझाएका थिए । प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।

उनी पहिलोपटक २०६५ मा प्रधानमन्त्री बनेका थिए भने दोस्रोपटक २०७३ मा प्रधानमन्त्री बनेका थिए । उनी दुईपटक एमालेको सहयोगमा प्रधानमन्त्री बनेका हुन् भने एकपटक कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।