आज राष्ट्रिय शोक, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

आज राष्ट्रिय शोक, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत



काठमाडौं । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि नेपाल सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एकदिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको जानकारी दिइन् । मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।

यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले जानकारी दिइन् ।