आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिने - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिने



काठमाडौं। सरकारले मंगलबार सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने बताउँदै आए पनि सहमति जुट्न नसकेपछि यी दुवै निर्णय आफैँ गर्न लागेका हुन् ।

यही निर्णय गर्न देउवाले मंगलबार दिउँसो चार बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै माघ ४ सम्म प्रदेश प्रमुख नतोके माघ २४ गतेको राष्ट्रियसभा निर्वाचन प्रभावित हुने चेतावनी दिएपछि सरकारले मंगलबारै यो काम सक्न लागेको हो।