एएफसी यू–२३ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल ओमानसँग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एएफसी यू–२३ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल ओमानसँग



काठमाडौँ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एशियन फुटबल फेडेरेसन (एएफसी) यू–२३को खेलतालिका सार्वजनिक भएको छ । एएफसी च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने भएको छ ।

आइतबार राती सार्वजनिक खेलतालिका अनुसार कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ । छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेल आयोजक कतारसँग २४ मार्चमा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा खेल्नेछ ।