धनगढीका ३४ वर्षिय कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

धनगढीका ३४ वर्षिय कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ



कैलाली । धनगढीका कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवकको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय युवक र उनका परिवारका सदस्यहरुको पुनः थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । ती युवकको नमुना परीक्षण रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख तथा प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए ।

संक्रमित युवाकी भाउजुमा पनि शनिबार संक्रमण पुष्टि भएको थियो । तर उनकी भाउजूको भने दोस्रोपटक परीक्षण गरिएको छैन । यद्यपि परिवारका अन्य सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको डा. जोशीले जानकारी दिए ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनमा १४ गते कोरोना पुष्टि भएको थियो । संक्रमित युवकको फेरि केही दिनमा नमुना संकलन गरेर स्वास्थ्य परीक्षण गरिने डा. जोशीले बताए ।