कविता: गोकर्ण ‘प्रकाश’ ज्ञवाली
ज्यानलाई भन्दा मायाप्रेम चल्ने धेरै पैसालाई ।
प्रेम दिवश पार लाउन उखरमाउलो वैंशलाई ।।
झुटा वचन, आश्वासन र जालजेलको खेती ।
स्वार्थी मायामा फसाउने यो प्रेमदिवश घाती ।।
सच्चा मायाप्रेम दिलबाट हुन्छ दिवश बहाना ।
एकफेर खेर गएपछि जोवान फेरी फर्किदैन ।।
माया दिलदारहोस पारहोस हाँसीखुशी जिवन रथ ।
माया बुझेर होस नभत्कोस् जिन्दगीको पवित्र पथ ।।
दिवशमा बन्धन हैन स्वतन्त्रता होस त्यो पो माया ।
गोकर्ण भन्छ प्रेमदिवशले नहोस् जिवन रामछाँया ।।