कोरोना भाईरस रोकथामका लागि सामाग्री वितरण - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

कोरोना भाईरस रोकथामका लागि सामाग्री वितरण



कैलाली । कर्णाली सोप डिर्टजेन्ट एण्ड केमिकल ईन्डस्ट्रिज लम्कीले विश्व भरी फैलिएको नोवेल कोरोना भाईरस रोकथामका लागी सामाग्री वितरण गरेको छ ।

कर्णाली सोप डिर्टजेन्ट एण्ड केमिकल ईन्डस्ट्रिज लम्कीका संचालक कपिल तिमिल्सेनाले विश्वभरी फैलिएको नोवेल कोरोना भाईरसको रोकथामका लागी माक्स,सेनिटाईजर,सावुन र ह्याण्ड वास वितरण गरीएको जानकारी दिए । तिमिल्सेनाले आफ्नो केमिकल ईन्डस्ट्रिजबाट प्रशासन लगाएत अन्य ठाँउमा सो सामाग्री वितरण गरीएको जानकारी दिए ।

तिमिल्सिना अनुसार, ईलाका प्रहरी कार्यालय टीकापुर ,लम्की,सशस्त्र प्रहरी वेश प्रतापपुर, अस्थायि प्रहरी चौकी चुहा ,ईलाका प्रहरी कार्यालय बौनियाँ प्रहरी लगाएत सशस्त्र प्रहरी वेश क्यामका प्रहरीहरुलाई सो सामाग्री वितरण गरीएको जानकारी दिए । साथै उनले साडेपानि र सुखडमा पनि सो समाग्री वितरण गरेको जानकारी दिए । यसका साथै उनले चोक चोकमा व्यवस्था गरीएका ठाँउमा सावुन वितरण गरेको जानकारी दिए । तिमिल्सेनाले सवै ठाँउ गरेर मास्क ८ हजार ,सोप ७ हजार ,ह्याण्ड वास ४ सय ३० र सेनिटाईजर २ सय ७० थान वितरण गरेको जानकारी दिए । यसका साथै उनले लम्कीमा स्थापना गरीएका सवै क्वारेन्टाइनमा आईतबार खाद्य सामाग्री वितरण गर्ने जानकारी दिए ।