नेपाल फोटो पत्रकार महासंघ कैलालीको दोस्रो बैठक सम्पन्न, कार्यसमितिले पुर्णता पायो - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

नेपाल फोटो पत्रकार महासंघ कैलालीको दोस्रो बैठक सम्पन्न, कार्यसमितिले पुर्णता पायो



सुखड,कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलालीको दोश्रो कार्यसमिति बैठक सम्पन्न भएको छ । सिमसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा दोस्रो कार्यसमिति बैठक सम्पन्न भएको हो ।

महासंघका जिल्ला अध्यक्ष पाण्डव पुजाराको अध्यक्षतामा सम्पन्न बैठकमा समितिले पुर्णता पाएको छ । बैठकबाट कैलाली जिल्लाका सबै क्षेत्र समेटिने गरी कार्यसमितिलाई पुर्णता दिने भनी गरेको निर्णयलाई कार्यान्वयन गर्दै जिल्लाका गौरिगंगा, लम्की चुहा, घोडाघोडी, टिकापुर लगायतका स्थानिय तहमा कार्यरत फोटो पत्रकार समेटिने गरी कार्य समिति बिस्तार गरिएको छ ।

बैठकले १० जनालाई मनोनित गरी कार्यसमितिलाई पुर्णता दिएको हो । मनोनित हुनेमा धनगढी उप महानगरपालिकाबाट जनार्दन उपाध्याय, लम्की चुहाबाट पबित्रा ढकाल, बर्दगोरिया गाउँपालिकाबाट लोकु सिहं ठकुरी, घोडाघोडीबाट विशाल पाण्डेय, गौरिगंगाबाट प्रेम जोशी, धनगढीबाट तेज बोहरा, जानकी गाउँपालिकाबाट रमित पाण्डेय, गोदावरी नगरपालिकाबाट धुर्ब ओझा, टिकापुरबाट झलनाथ खनाल र लोकेन्द्र रावललाई मनोनित गरिएको छ ।
बैठकले आगामी दिनमा क्षमता बिकासका कार्यक्रम संगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिने बारे छलफल गरेको छ । बैठकमा नेपाल फोटो पत्रकार महासंघ सुदुर पश्चिम प्रदेशका महासचिव शंकर बोहरा र सदस्य निराजन परियारको समेत उपस्थिति रहेको थियो ।