बौनिया जेसिजले मनायो होलि - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

बौनिया जेसिजले मनायो होलि



कैैैलाली । कैलालीको बर्दगोरिया गाउपालिकामा अवस्थित बौनिया जेसिजले होलिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

बौनिया जेसिज बर्ष २०२० का अध्यक्ष जेसि केशव शाहिको अध्यक्षतामा भएको होलि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल जेसिज बर्ष २०२० का अध्यक्ष जेसि धिरज शाही प्रमुख अतिथी रहेका थिए ।

बौनिया जेसिज बर्ष २०२० का कार्यकारी उपाध्यक्ष जेसि चक्र शाही ले स्वागत गरेको कार्यक्रममा बौनिया जेसिजका संस्थापक अध्यक्ष जेसि लिला जंग शाही,बौनिया जेसिज बर्ष २०१९ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२० का क्विज कमिटी एरिया डि सदस्य जेसि जनक बिष्ट ,बर्ष २०१७ का अध्यक्ष कृष्ण बिष्ट ,बर्ष २०१६ का अध्यक्ष जेसि शिब राज कुवर,बर्ष २०१५ का अध्यक्ष गणेश प्रसाद भट्ट र श्री मा बि ढोढरपुरका प्र अ तारा प्रसाद जोशी लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

बौनिया जेसिज बर्ष २०२० का कार्यकारी उपाध्यक्ष जेसि राजेन्द्र रावलले आस्थापाठ गरेको कार्यक्रमको संचालन महासचिव कृष्ण प्रसाद ओझा (पदम) ले गरेका थिए । साथै कार्यक्रममा नेपाल जेसिजमा निर्बाचित उपाध्यक्ष जेसि धिरज शाहि र मनोनीत सदस्य जेसि जनक बिष्टलाई सम्मान गरिएको छ ।