८ बर्ष पुरानो गीत 'जता हेरे पनि हजुर पूर्वै रमाइलो'को भिडियो सार्वजनिक - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

८ बर्ष पुरानो गीत ‘जता हेरे पनि हजुर पूर्वै रमाइलो’को भिडियो सार्वजनिक



हिमाल पोस्ट ,काठमाडौं/माघ २१ 

गीत भित्र विभिन्न कथा व्यथा पाउन सकिन्छ तर कति गीत यस्ता हुन्छन् जुन आफैमा छुट्टै कथा बनेका हुन्छन। त्यस्तै गीत मध्ये एक हो “जता हेरे पनि हजुर पूर्वै रमाइलो”, जुन ८ वर्षा अगि इटहरीमा आयोजित प्रतियोगितामा प्रथम भएको थियो।

पूर्वेलीको मन मस्तिस्कमा बस्न सफल उक्त  गीतको आठ बर्ष पछी भिडियो सार्वजनिक भएको छ ।  सिंगै पुर्वाञ्चलको प्रतिनिधि गीत भन्दा फरक नपर्ने उक्त गीतका रचनाकार गौरव दर्पण हुन् । माया प्रेममा पूर्वका विभिन्न ठाउको बयान यो गीतमा पाउन सकिन्छ। गायक गौरभ दर्पण र श्रृष्टि हिङमाङको आवाजमा सजिएको यो गीतलाई कमला खनालले पुर्बेली भाकामा संगीतबद्ध गरेकी छिन् भने पवनवाङ लामाले सङ्गीत संयोजन गरेका छन्।

गीतकार, गायक तथा परिकल्पनाकार गौरभ दर्पणको यो गीतलाई सन्तोषकुमार श्रेष्ठ र आशिका भन्डारीको लगानीमा भिडियो सार्वजनिक भएको हो । गायक तथा निर्देशक शान्तिम कोइरालाको निर्देशनमा निर्मित भिडियोलाई अर्जुन तिवारी, राम केसी र चर्चित ढुंगेलले पूर्वका विभिन्न धार्मिक र पर्यटकीय स्थलमा छायांकन गरेका छन् भने कवि मिलन र दिनेश माङमुले नृत्य निर्देशन गरेका छन् । भिडियोमा सुप्रिया कटुवाल र दीपक बास्तोले अभिनय पनि देख्न  सकिन्छ  ।

https://youtu.be/_4hPKzpb2vU