धापासीमा भेटिएको शंकास्पद बस्तु: कुकरभित्र बालुवा र माटो - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

धापासीमा भेटिएको शंकास्पद बस्तु: कुकरभित्र बालुवा र माटो



काठमाडौं- काठमाडौँको धापासीमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ।

बिहीबार बिहान ९ बजे धापासीस्थित द स्काई लार्क स्कुलको गेटअगाडि शंकास्पद वस्तु फेला परेको थियो।

प्रेसर कुकरजस्तो देखिने खतरा लेखेको बस्तु फेलापरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। स्थानीयको खबर लगत्तै महानगरीय प्हरी वृत्त महाराजगञ्जबाट प्रहरीको टोली पुगेको थियो।

सो शंकास्पस्द बस्तु बम भएको आशंकामा प्रहरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो।

सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरी हेर्दा प्रेसर कुकरभित्र बालुवा र माटो भरिएको पाइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा आवश्य अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

स्थानीको बम हुनसक्ने आशंकामा प्रहरीसहित सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ।