सुरज गैह्रेको उत्कृष्ट शब्द ,सन्तोष के.सीको सङ्गीतमा “तिम्रो साथ पाउँदा” सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सुरज गैह्रेको उत्कृष्ट शब्द ,सन्तोष के.सीको सङ्गीतमा “तिम्रो साथ पाउँदा” सार्वजनिक(भिडियो सहित)



समिर प्रकाश पाण्डे

सुरज गैह्रेको जन्म दिनको अवसर पारेर तिम्रो साथ पाउँदा बोलको गीत सार्वजनिक भएको छ । सुरजले यस अघि पनि चर्चित गीत दर्शक श्रोताहरु सामु ल्याई सकेका छन् । ” धुजा धुजा पारेउ मुटु” म यो धर्तीको कुरा गर्छु ” पक्कै तिमि ” जस्ता आधी दर्जन गीत दिई सकेका सुरजले अहिले मोडल दीपक काफ्लेको एल्बुम “आरती” मा शब्द कोरेका छन्।

दीपक एक आशा लाग्दा मोडल हुन यस अघि ” मानेन मानेन ” बाट बजारमा आफूलाई मोडलको यात्रामा उभ्याएर यात्रा गरेका दीपकले यस पटक चर्चित गाएक प्रमोद खरेको आवाज सुरज गैह्रे विवशको शब्द सन्तोष के.सीको सङ्गीतमा रहेको ” तिम्रो साथ पाउँदा खुसी हुने मन ” मा आफ्नो अभिनय पस्केका छन् । निकै आकर्षण देखिने दीपक लाई साथ दिएकि छन् नम्रता सापकोटाले कुमार के सी को निर्देशन रहेको यो गीतमा अजय रेग्मीको छायांकन अनुप शिवाकोटिले सम्पादन रहेको छ भने बजार ब्याबस्था गरेको छ एस. एस डिजिटलले ।