काङ्ग्रेसमा विभाग थपिए, महाधिवेशन तय: पौडेलले गरे बहिस्कार - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

काङ्ग्रेसमा विभाग थपिए, महाधिवेशन तय: पौडेलले गरे बहिस्कार



काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म हुने भएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले फागुनको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने, विभागको संख्या बढाएर ४५ सम्म बनाउन सकिने र तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय गरेको एक नेताले बताए ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पनि महाधिवेशन फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको जानकारी गराए ।

यसैबीच केन्द्रीय सदस्य डा. डीला संग्रौलाका अनुसार केन्द्रीय समितिको म्याद एकवर्ष थप गरिएको छ । भने विभाग अहिले ४१ बनाउने निर्णय भएको छ ।

महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा सहभागी भएन्।

पौडेल नेतृत्वको असन्तुष्ट समूहमा महामन्‍त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला पनि छन्। महाधिवेशको क्यालेण्डर पहिले कि विभाग तथा अरु विषयको व्यवस्थापन पहिले भन्‍नेमा विवाद हुँदा सहमति जुट्न सकेको थिए।

महामन्‍त्री कोइरालासहितको पौडेल समूहले पहिले महाधिवेशनको क्यालेण्डर टुंगो लगाएर अरु विषयमा प्रवेश गर्नुपर्ने अडान राख्‍दै आएका छन् भने देउवा नेतृत्वको संस्थापन पक्षले विभाग गठन तथा पार्टीका अन्य आन्तरिक व्यवस्थापनका विषय टुंगो लगाएपछि मात्र महाधिवेशनको क्यालेण्डर तय गर्नुर्ने पक्षमा थियो।