३ लाख युवालाई रोजगारी दिने यस्तो तयारी - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

३ लाख युवालाई रोजगारी दिने यस्तो तयारी



काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ।

चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहमा पुसको परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको हो।

सरकारले महत्वका साथ अघि बढाएको प्रधानमन्त्री स्वरोजगार कार्याक्रम (पीएमइपी) अन्तर्गत स्थानीय तहमा परियोजना सञ्चालन गरी बेरोजगार युवालाई एक सय दिनसम्मको रोजगारी दिन पुसको अन्त्यसम्म बजेट विनियोजन गर्ने तयारी शुरु गरेको छ।

श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले रोजगारी सृजनाका लागि श्रम मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आयोजना माग गरिएको बताए।