मकवानपुरमा जिप खस्यो: तीनको मृत्यु, छ जना घाइते
हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ओखरेडाँडामा यात्रीवहाक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ जाँदै गरेकोे ना१ज ३४३३ नम्बरको टाटासुमो शुक्रबार मध्याह्न १२ बजेतिर सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिपमा सवार ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।