काजकस्तान विमान दुर्घटना अपडेट: १४ को मृत्यु, ३५ को जीवितै उद्धार - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

काजकस्तान विमान दुर्घटना अपडेट: १४ को मृत्यु, ३५ को जीवितै उद्धार



एजेन्सी- मध्य एशियाली देश काजकस्तानमा एक सय जना सवार विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

अलमाटी शहर नजिकै बेक एयर दुर्घटना हुँदा कम्तिमा १४ को मृत्यु भएको र ३५ जनालाई जीवितै उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् ।

एजेन्सीका अनुसार बेक एयरको जहाज अलमाटि अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ना साथ कंक्रिट पर्खाल र एउटा दुईतले घरमा ठोक्किँदा दुर्घटना भएको हो ।

विमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए । विमान अलमाटीबाट काजकस्तानको राजधानी नूर सुल्तानका लागि उडेको जनाइएको छ ।

सो जहाज मध्यमसाइजको फोकर–१०० ट्वीन टर्बोफ्यान जेट एयरलाइनर भएको जनाइएको छ । यो जहाज बनाउने कम्पनी सन् १९९६ मैं टाट पल्टेर फोकर–१०० उत्पादन रोकेको थियो ।