बेसहारा वृद्धको शवमा बिष्टले दिए दागबत्ती
विशाल पाण्डेय / कैलाली ।
कैलालीको बर्दगोरीया गाउपालिका-२ मा रहेको असाहयका लागि सहयोगी हातहरु ,नेपालद्बारा संचालित सहारा घरमा बस्दै आएका ६५ वर्षिय वृद्धको मृत्यु भएको छ ।
करिब ढाइ वर्ष अगाडि धनगढी उप महानगरपालिकाकाे धनगढी बजारमा अति दर्दनाक अवस्थामा भेटिएको उनलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको राेहाेवरमा सहाराका लागि सहारा घरमा ल्याइएको थियो ।
हेर्दा भारतीय नागरिक जस्तो देखिने उनको नाम ,ठेगाना समेत थाहा नभएको सहारा घरका अध्यक्ष बल बहादुर बिष्टले बताए । नाम थाहा नभएपनी उनले सहारा घरमा ‘गान्धी बुवा’ भनेर सबैले चिन्ने गरेको अध्यक्ष बिष्टले बताए । एकदमै चिन्ताजनक अवस्थामा ल्याइएको उनलाई सहारा घरमा लालनपालन गरेपछि बिस्तारै ठिक हुँदै गएपनी पछि गएर उनको खुट्टा र पेट सुनियर ‘गान्धी बुवाको’ मृत्यु भएको बिष्टले बताए ।

मृतकको टिकापुर अस्पतालमा पोस्टमार्टमपछि सहारा घर परिवारले हिन्दु परम्परा अनुसार दाहमट्टी गरिएको हो ।
सहारा घरका अध्यक्ष बिस्टले बेसहारा ‘गान्धी बुवा’ लाई दागबत्ती दिएका थिए ।
हालसम्म २ जनाले सहारा घरमा शरीर त्याग गरेको अध्यक्ष बिष्टले जानकारी दिए । पछिल्लो समय चिसोले गर्दा सहारा घरमा बस्ने मानिसहरु कठ्याग्रीएको र पखालाबाट पिडत भएको बिष्टले जानकारी दिए । उनले चिसोले गर्दा बिरामी भएपनी उपचार नहुदा समस्या परेको बताउदै न्यानो कपडाको आवश्यक रहेको दुखेसो पोखे । साथै व्यवस्थापनमा समस्या भएकोले बसोबास गर्ने असाहायकोलागि सबै सराेवकार ,संघसंस्था तथा सरकारलाई सहयोगका लागि अनुरोध गरेका छन् ।
सहारा घरमा हाल ५५ जना मानसिक रोगीहरु बस्दै आइरहेका छन् भने ६७ जना मानसिक रोगीहरुलाई बिना औषधि निको पारेर परिवार मिलन गराइ घर फर्काइएको छ ।