राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएर मिर्गाैला फेर्ने प्रधानमन्त्रीको तयारी - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएर मिर्गाैला फेर्ने प्रधानमन्त्रीको तयारी



काठमाडौं- अन्ततः समय, खर्च र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण नेपालमै हुने भएको छ।

त्यसका लागि नातेदाहरूले मिर्गाैला दिने कबुल गरिसकेका छन्। प्रत्यारोपणको समय पनि टुंगो लागेको छ, पुसको अन्तिम साता।

तर प्रत्यारोपणका लागि चाहिने स्वास्थ्यस्थितिको न्यूनतम सर्त पूरा नभएको अवस्थामा समय सर्न सक्ने उपचारमा संलग्न एक चिकित्सकले जनआस्थालाई बताए भनेर जनआस्था साप्ताहिकले छापेको छ।

यसरी प्रत्यारोपणपछि कम्तीमा ३ महिना आराम गर्नुपर्ने बताइएको छ। त्यस अवधिमा सरकार वा पार्टीको पूर्ण जिम्मेवारी कसलाई दिने? यसबारे केही दिनमै निर्णय हुने बालुवाटार स्रोतले जनाएको छ।

यसैबीच केही बुद्धिजीवीमार्फत कुरा बाहिर आएका छन्- राष्ट्रपतिलाई केही कार्यकारी अधिकार प्रत्यायोजन गरेर प्रधानमन्त्री ओलीले आराम गर्ने।

प्रचण्डले पनि ०६४ मा कार्यकारी राष्ट्रपतिको एजेन्डा बोकेर चुनाव लडेका थिए। नेपालमा बेलायती मोडलको संसदीय व्यवस्था छ। यदि त्यसो गरियो भने कांग्रेस सभापति शेरबहादुर देउवाले पनि रोक्न सक्ने अवस्था देखिँदैन।

किनभने नेपाल वायुसेवा निगमको विवादास्पद वाइडबडी जहाज खरिदमा उनको संलग्नताका प्रमाणित आधारहरू छन्। त्यसैले विपक्षीले त्यस्तो कामलाई चुनौती दिन सक्ने सम्भावना छैन। यसबारे भित्र के पाक्दै छ, अहिलेसम्म सतहमा प्रकट भएको छैन।