रुकुमका २२ वर्षीय युवक: जसले एकै रातमा तीन महिलाको बलात्कार गरे - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

रुकुमका २२ वर्षीय युवक: जसले एकै रातमा तीन महिलाको बलात्कार गरे



काठमाडौं- एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन्।

पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय (रुकुम)का डीएसपी सुमित खड्काले बताए।

उनका अनुसार केशवले मंसिर २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए।

सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको खबर आजको अन्नपूर्ण पोस्टमा टिकाराम खनालले लेखेका छन्।

केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन्।

उनी ढोकाको चुकुल निकालेर घरभित्र प्रवेश गरेका थिए। प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। पीडित तीनै महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्।