अरनिको भेट्रान फुटबल प्रतियोगिता सुरु, लालझाडीको विजयी सुरुवात - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

अरनिको भेट्रान फुटबल प्रतियोगिता सुरु, लालझाडीको विजयी सुरुवात



कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो सँस्करणको खेल एक कार्यक्रमका बिच आज उद्घाटन भएको छ ।

“सबैका लागि र स्वस्थ्यका लागि खेल” भन्ने मुलनाराका साथ
अरनिको खेलकुद विकास समिति अरनिको भेट्रान क्लबको आयोजनामा ख्रिष्ट्रियनहरुको महान चाड क्रिसमसको शुभ अवसर पारेर मैत्रीपुर्ण खुल्ला भेट्रान्स फुटबल प्रतियोगिता २०७६ सञ्चालन गरिएको हो ।

अरनिको भेट्रान क्लबका अध्यक्ष मान बहादुर तामाङ्गको सभापतित्वमा सञ्चालन भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख जीवनराज थापाको प्रमुख अतिथ्य रहेको थियो । यसरीनै विशिस्ट अथितिमा कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष जित बहादुर तामाङ र सदस्य लालमान तामाङको रहेका थिए ।

आज पहिलो चरणको पहिलो खेलमा लालझाडी भेट्रान भर्सेज टि वाई सि “ङ गाउँ” विच खेल भएको थियो।
खेल एक / एक गोलको बराबरीमा समाप्त भएपछि पेनाल्टी सुट आउट बाट टुङ्गोमा पुर्‍याएको थियो। पेनाल्टी सुट आउटमा लालझाडी भेट्रानले टि वाई सी भेट्रानलाई ३-५ गोल अन्तरले स्तब्ध पार्दै लालझाडी दोस्रो चरणमा प्रवेश गर्न सफल बनेका छ ।

आजको उद्घघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख थापाले नगरको र नगरवासीहरु को सर्वाङ्गीण विकासको लागि खेलकुदले ठुलो भुमिका निर्वाह गर्ने जिकिर गर्दै आफु पनि खेलाडी भएको पुरानो दिनको स्मरण गर्दै खेलकुदको बिकासमा नगरको प्रथामिकता रहने बताए ।

कैलाली र कञ्चनपुरका गरि १२ टिमको सहभागिता रहेको उक्त मैत्रीपुर्ण भेट्रान फुटबल प्रतियोगिता यहि पुष १४ गते सम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार र दिर्तीय हुने टिमले ४०हजार प्राप्त गर्ने आयोजक टिमका उपाध्यक्ष डम्मर तामाङले जानकारी दिए । बिहिवार दिउसो १ बजे बिरेन्द्र भेट्रान बल भद्र बस्ती भर्सेज निर्माण ब्यवसायी धनगढी बिच हुने आयोजकले जनाएको छ ।