दुई दिन हिरासतपछि रिहा भइन् यी बलिउड नायिका - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

दुई दिन हिरासतपछि रिहा भइन् यी बलिउड नायिका



काठमाडौं- मोडल र अभिनेत्री पायल रोहतगीलाई मंगलबार जमानतमा रिहा गरिएको छ।

उनलाई भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजस्था पुलिसले अहमदाबादबाट अघिल्लो आइतबार बिहान हिरासतमा लिएको थियो।

उनलाई २५–२५ हजारका दुई मुचुल्कामा जमानत दिइएको हो।

गिरफ्तार भएपछि उनलाई लुट र हत्यालगायत आपराधिक मामिलामा आरोपित महिला कैदीसँग जेलमा राखिएको थियो।