रामचन्द्र पौडेल समूहले देउवाविरुद्ध विद्रोह गर्ने तयारी - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

रामचन्द्र पौडेल समूहले देउवाविरुद्ध विद्रोह गर्ने तयारी



काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवादले नयाँ मोड लिने भएको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेर बहादुर देउवाविरुद्ध बिद्रोह गर्ने तयारी गरेका छन् ।

नेता पौडेलले तरुण दल र नेविसंघ दुवैको समानान्तर समिति निर्माण गर्ने तयारी थालेपछि यस्तो अवस्था आएको हो । पछिल्लो समय पार्टीमा देखिएका विवाद समाधान गर्ने प्रयत्न गरिएपनि अवस्था प्रतिकुल बन्दै गएपछि यस्तो तयारी गरिएको छ।

नेता पौडेलले सभापति देउवासंग विवाद समाधानका लागि राखेको सर्त पुरा नभए समानान्तर समीति बनाएर अगाडी बढ्ने तयारी गरिएको स्रोतको दाबी छ ।

स्रोतकाअनुसार नेता पौडेलले केहि नेताहरूलाई समानान्तर समिति गठन गर्ने तयारी थाल्न निर्देशन दिइसकेका छन् ।

पौडेल पक्षले नेविसंघ र तरुण दलको छुट्टाछुट्टै बैठक बोलाएको छ । तरुण दलमा सभापति देउवाले जितजंग बस्नेत, वरिष्ठ नेता पौडेलले भुपेन्द्रजंग शाही र सिटौला पक्षले नारायण भट्टराईलाई नेतृत्व दिनुपर्ने अडान राख्दै आइरहेका छन् ।

सभापति देउवा पेलेरै भएपनि पौडेललाई गलाउने ध्याउन्नमा लागेकै समयमा पौडेलको यो कदमले देउवा पक्षमा भने भुईंचालो गएको छ ।

कतिपय नेताहरूले यसलाई काङ्ग्रेस भित्रको ठुलोबिद्रोह बताएका छन् ।