पोर्चुगलमा एक हप्तामै तीन नेपालीको निधन - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

पोर्चुगलमा एक हप्तामै तीन नेपालीको निधन



काठमाडौं । पोर्चुगलमा आठ दिनमै विभिन्न कारणले तीन नेपालीको मृत्यु भएको छ।

पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ।

थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी स–परिवार पोर्चुगल बस्दै आएका थिए।

उनलाई मधुमेह र उक्त रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ। थापाको अन्तिम दाहसंस्कार पोर्चुगलमै गरिने एनआरएनए पोर्चुगलका सचिव यमेन्द्र घर्तीमगरले बताए।

पोर्चुगलमा बस्दै आएका नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको पनि निधन भएको छ। डिसेम्बर ८ का दिन उनको हृदयघातका कारण निधन भएको हो।

गत मङ्गलबार करीब एक वर्षअघि पोर्चुगल आएका पोखराका २९ वर्षीय युवकको उनकै कोठामा मृत्यु भएको छ।

ती पोखरेलीको नामसहितको विवरण प्राप्त भए पनि मृतकका परिवारको सल्लाहअनुसार सार्वजनिक नगर्न एनआरएनए पोर्चुगलले अनौपचारिक जानकारी गराएको छ।