आफ्नो लासबाट गुज्रिन मोदी सरकारलाई बनार्जीको चुनौती - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

आफ्नो लासबाट गुज्रिन मोदी सरकारलाई बनार्जीको चुनौती



नयाँ दिल्ली- भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारलाई चुनौति दिएकी छन् ।

नागरिकता संशोधन कानून (सिएए) तथा नेशनल रजिस्टर अफ सितिजन्स (एनआरसी) को विषयमा मुख्यमन्त्री बेनर्जीले प्रधानमन्त्री मोदीलाई चुनौति दिएकी हुन् ।

केन्द्रले चाहेमा आफ्नो सरकारलाई बर्खास्त गर्न सक्ने तर आफूले नागरिकता संशोधन कानून बंगालमा लागु हुन नदिने मुख्यमन्त्री बेनर्जीले बताएकी छन् ।

नागरिकता संशोधन कानून र एनआरसीको विरोधमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै सोमबार मुख्यमन्त्री बेनर्जीले भनेकी हुन्, ‘यदी केन्द्र सरकार नयाँ कानून लागु गर्छ भने त्यसका लागि मेरो लासबाट गुज्रिनु पर्नेछ ।’

यसैबिच मुख्यमन्त्री बेनर्जीले राज्यपाल जगदीप धनखडलाई पत्र लेखेर राज्यमा शान्ति कायम गर्नका लागि राज्य सरकारलाई सहयोग गर्न अपिल गरेकी छन् । उनले भनेकी छन्, ‘राज्यपालको काम शान्ति कायम गर्नु हो। न कि अवस्थालाई थप उक्साएर भड्काउनु ।’

राज्यपालले त्यसको जवाफ दिँदै बेनर्जीद्वारा अपनाइएको ‘अनुचित दृष्टिकोण’ बाट आफू अति पीडित भएको उल्लेख गरेका छन् । उनले जनताको हितमा मिलेर काम गर्न आग्रह गरेका छन् । मंगलबार मुख्यमन्त्री बेनर्जी र राज्यपाल धनखडबिच भेट हुँदैछ ।