कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्



काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट एक लाख ४ हजार ३४६ जना सम्मिलित भएका थिए । जसमध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै लभद टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ ।

यस्तै वेबसाइटमा www.neb.gov.np, www.neb.ntc.net.np, www.edusanjal.com, www.theconnectplus.com मार्फत् पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।