चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको मृत्यु - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको मृत्यु



काठमाडौं- चर्चित निर्माता, कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । अस्पताल लैजाँदै गर्दा अकस्मात मृत्यु भएको जनाइएको छ।

आइतबार राती उनको निधन भएको हो । भट्टराइलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउँदै गर्दा उनको निधन भैसकेको थियो ।

करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराइले केही राम्रा कामको सुरुवात समेत गरेका थिए ।

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका भट्टराईले ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्रको निर्माण गरेका थिए भने उनले दर्जनौ चलचित्रमा अभिनय समेत गरेका थिए ।

उनको निधनको कारण भने खुलेको छैन ।