विप्लवका कार्यकर्ताले विद्यालयका प्रधानाध्यापक चौधरीलाई दले कालोमोसो - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

विप्लवका कार्यकर्ताले विद्यालयका प्रधानाध्यापक चौधरीलाई दले कालोमोसो



विशाल पाण्डेय / सुखड,कैलाली ।
विद्यालयमा आर्थिक अनियमितता गरेको भन्दै कैलालीको एक प्रधानाध्यापक लाई कालोमसो दलिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा आर्थिक अनियमिता गरेको भन्दै विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी
विप्लवद्धारा आज दिउँसो कार्यालयमै कालोमोसो दलिएको विप्लव समुहका कैलाली जिल्ला सचीवले हिमाल पोस्टलाई जानकारी दिए ।

जिल्ला सचीवका अनुसार ,विद्यालयमा आर्थिक अनियमिता गरेको ,प्रशासननिक हिसाबले विद्यालय पनि चलाउन नसक्ने र समयमै शिक्षकहरुलाई तलब समेत दिन नसकेको हुँदा आज दिउँसो करिब २:३० बजेतिर कालोमोसो दलिएको हो । उनले कैलाली तथा देशभरबाट आर्थिक अनियमितता गरेको जनप्रतिनिधिहरुको नाम लिस्ट तयार पारेको समेत जानकारी दिए । उनले भ्रष्टहरुलाइ सुरुमा कालोमोसो दल्ने र नमानेपछि जनकारबाही गर्ने समेत चेतावनी दिए ।

विप्लव समुहले प्रधानाध्यापकलाई कालोमसो दलेको बताएपनी यता ईलाका प्रहरी कार्यालय सुखडले भने आफुहरुलाई यो विषयमा केहिपनी जानकारी नआएको बताएको छ ।