सिन्धुपाल्चोक बस दुर्घटना : १४ जनाएको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रमम मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् ।
आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।