१३ लाख अवैध रुपैयाँसहित दुईजना पक्राउ
नेपालगन्ज । अवैध नेपाली रुपैयाँसहित नेपालगन्जमा दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका—२ घरबारीटोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित
२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सौरभ सोनी र विनोदकुमार सोनी रहेको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।
गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुका साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैया भेटिएको मल्लले जानकारी दिए ।