जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ



सप्तरी । महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा सप्तरीका एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह जबरजस्ती करणी प्रयास गरेको आरोपमा बुधबार पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले बुधबार बिहान साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । उनले स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि अध्यक्ष साहलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।