पर्यटक भित्र्याउन ‘गाइडबुक’ र ‘ब्रोसर’ प्रकाशन - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

पर्यटक भित्र्याउन ‘गाइडबुक’ र ‘ब्रोसर’ प्रकाशन



काठमाडौं । ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ नजिकिँदै गर्दा पनौतीलाई चिनाउने खालको तयारी अभियान शुरु गरिएको छ । ‘भिजिट नेपाल २०२०’ मा धेरैभन्दा धेरै पर्यटकलाई काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा भित्र्याउन नगरपालिकाले विभिन्न योजना ल्याउने तयारी थालिसकेको पनौती पर्यटन विकास समितिले जनाएको छ ।

पर्यटन विकास समितिको आयोजनामा भएको बैठकमा पर्यटन वर्ष केन्द्रित पनौतीको चिनारीसहितको ब्रोसर र पर्यटन गाइडबुक निकाल्ने तयारीमा नगरपालिका योजनाका साथ अगाडि बढेको जानकारी दिइएको हो । नगर भ्रमणका लागि आउने पर्यटकले पनौतीको सांस्कृतिक सम्पदा, ऐतिहासिक, धार्मिक, भौगोलिक वातावरणीय अवस्थासहित त्यहाँका सबैखाले सम्भावना रहेको विषयमा उक्त गाइडबुक र ब्रोसरबाट धेरै जानकारी लिन सकिनेगरी निकाल्ने तयारीमा रहेको नगरप्रमुख भीम न्यौपानेले बताए । रासस