साउथ अस्ट्रेलियन पुलिस र नेपाली क्लब एनका बिच मैत्रीपूर्ण खेल हुने - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

साउथ अस्ट्रेलियन पुलिस र नेपाली क्लब एनका बिच मैत्रीपूर्ण खेल हुने



साउथ अस्ट्रेलियन पुलिस र एडीलेड नेप्लिज क्रिकेट एशोसिएशन ( एनका)बिच मैत्री पूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ। यहि डिसेम्बर ८ तारिकको दिन दिउसो १ बजे भिक्टोरीया पार्कमा उक्त खेल हुनेछ।साउथ अस्ट्रेलियन पुलिस र नेपाली समुदायलाई जोड्नको लागी कार्यक्रम आयोजना गरिएको एनकाका अध्यक्ष बिजय जोशीले बताए।

कार्यक्रमको बारेमा थप्दै उनले भने ” छोटो तयारी मै हामीले प्रतियोगिता आयोजना गर्दैछौ जुन टी- २० को फर्मेटमा हुनेछ। ” साउथ अस्ट्रेलियन पुलिस बाट ‘ए ग्रेडका ‘ केहि खेलाडीहरुले क्रिकेट प्रतियोगिता सहभागिता जनाउने हुदा खेल रोचक हुने अपेक्षा जोशीको रहेको छ। एनआरएनए साउथ अस्ट्रेलिया समेत सहयोगी संस्थाको रुपमा रहेको उक्त कार्यक्रममा साउथ अस्ट्रेलियन पुलिसको बारेमा नजिक बाट बुझ्ने अवसर प्राप्त हुने हुदा कार्यक्रममा सहभागी हुन एनका र एनआरएनए साउथ अस्ट्रेलियाले नेपाली समुदायलाई संयुक्त रुपमा आहवान गरेको छ।