अर्घाखाँची अपडेट: ८ को मृत्यु, उद्दार जारी - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

अर्घाखाँची अपडेट: ८ को मृत्यु, उद्दार जारी



काठमाडौँ । अर्घाखाँचीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको बताइएको छ ।

आठ जनाकै घटनास्थलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

२५-३० जना यात्रु सवारहेको बस सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन् ।

बस दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका साथै स्थानीयले उद्दारकार्य जारी राखेका छन् ।