कृष्णबहादुर महराको यादमा डुबे डा. बाबुराम भट्टराई - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

कृष्णबहादुर महराको यादमा डुबे डा. बाबुराम भट्टराई



काठमाडौं- आउँदो शनिबार हुने उपनिर्वाचनका लागि दाङ पुगेका समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महराको सम्झना आएको बताएका छन् ।

‘वार्ता घर’मा पुगेकका बाबुराम भट्टराईले महराको याद आएको बताएका छन् । तत्कालीन नेकपा माओवादीका तर्फबाट २०६० साल साउन ३२ देखि भदौ २ गतेसम्म वार्ता गरेको हापुरेस्थित घरमा उनि पुगेका हुन् । हापुरेस्थित शिवलाल खत्रीको घरमा त्यसबेला सरकार-माओवादी वार्ता भएकोले त्यस घरलाई ‘वार्ता घर’ राखिएकोमा रोमाञ्चक अनुभूति भएको भट्टराईको भनाइ छ।

बुधबार ‘वार्ता घर’ पुगेका भट्टराईले त्यहाँ राखिएका फोटो हेरेपछि महराको सम्झना आएको उल्लेख गरेका छन्। ‘वार्ता कोठामा कृष्णबहादुर महरा र मसँग खिचेको छुट्टाछुट्टै फोटो पनि टाँगिएको रहेछ,’ भट्टराईले फेसबुकमा लेखेका छन्।

माओवादी शान्ति प्रक्रियामा आएपछि भट्टराई तत्कालीन माओवादी केन्द्र परित्याग गरी नयाँ पार्टी खोलेर राजनीतिमा सक्रिय छन् भने महरा संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्