टुटल पठाओलाई नरोक्न सरकारको निर्देशन - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

टुटल पठाओलाई नरोक्न सरकारको निर्देशन



काठमाडौं- टुटल पठाओलाई नरोक्न सरकारले निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले यस्तो निदेशन दिएका हुन् निर्देशन दिएका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

प्रवक्ताले भने,‘मन्त्रीले युवाहरूले काम पाइरहेको र यात्रुहरूले सेवा पाइरहेकाले यस्ता सेवालाई हात नहाल्न निर्देशन दिनुभएको छ,’ उनले भने‘ यातायातको कार्यविधि बनिरहेकोले यस्ता सेवाको बारेमा राम्रो अध्ययन गरेर कानुन नबनाउन्जेल यथास्थितिमा चल्न दिन भन्नुभयो।’

यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो।

यो सुचना पश्चात ट्याक्सी चाहकहरूले घेरा हालेर टुटल पठाओ चालकहरुलाई दुर्व्यवहार गर्ने र ट्राफिकलाई बुझाउने गरेका थिए।

त्यस्तै मंगलबार ट्याक्सी व्यवसायीहरूले पत्रकार सम्मेलन गर्दै सरकारले टुटल पठाओजस्ता सेवालाई संरक्षण गरे सरकारसँगै लड्न तयार भएको चेतावनी दिएका थिए।