प्रधानमन्त्रीको स्वास्थ्यबारे अस्पतालको यस्तो विज्ञप्ति - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रधानमन्त्रीको स्वास्थ्यबारे अस्पतालको यस्तो विज्ञप्ति



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उनको अवस्था स्थिर रहेको बताइएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रि.वि. शिक्षण अस्पतालले जनाएको विज्ञप्ति जारी गरेको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि आकस्मिक शल्यक्रिया गरिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको हो ।