प्रधानमन्त्री आईसीयूमा: कम्तिमा तीन दिन अस्पतालमै राखिने - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रधानमन्त्री आईसीयूमा: कम्तिमा तीन दिन अस्पतालमै राखिने



काठमाडौं : प्रधानमन्त्री ओलीको अप्रेशन सम्पन्न भएको छ । एपेन्डिसाइटिसको अपरेशन प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि आईसीयुमा सारिएको हो।

प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन मंगलबार मध्यान्ह १२:४५ बजे सफलतापूर्वक सम्पन्‍न भएको जानकारी दिए।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेपछि आईसीयुमा लगिएका प्रमलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको छ।

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यान दिँदै कम्तीमा तीन दिन अस्पतालमै राखिने बताइएको छ।