गगन थापा भन्छन: ओली सरकार 'हुतिहारा' - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

गगन थापा भन्छन: ओली सरकार ‘हुतिहारा’



बागलुङ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले सरकारले देखाएको हुतिहारा पाराले भारतले हडपेको कालापनी फिर्ता नहुने बताएका छन।

बागलुङको बुर्तिबाङमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले सरकार भारतसँग टक्कर गर्न नसक्दा हाम्रो सिमा भारतको नक्सामा पुगको बताए। उनले हाम्रो भुमि फिर्ता लिनका लागि काँग्रेस लगायतका दलहरुले साथ दिए पनि सरकारले वास्ता नगरेकोमा दुःख व्यक्त गरे।

राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाको लागि काँग्रेसले सरकारलाई जोडबलले साथ दिएको छ। थापाले भने, ‘हामी मात्र हैन अन्य दलहरुले पनि साथ दिँदा प्रधानमन्त्री केपि शर्मा ओली यसको बारेमा केही पनि बोल्न सक्नुभएको छैन। भारतले सिमा मिचेको कुरामा सरकार केही बोलोस भन्ने काँग्रेसको चाहना हो।’ पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले अहिलेको सरकार काँग्रेसका पालामा भएको कामलाई शंख घण्टा बजाउँदै आफैले गरेजसरी उद्घाटन गर्दै हिनेको बताए ।

जनताले समृद्धि चाहेका छन। समृद्धि कहिले आउँछ उनले प्रश्न गरे, दुई वर्षमा जनताले धेरै समृद्धिको आशा गरेका थिए। देशमा समृद्धि आउला भन्दा हत्या हिंसा बढदै गएको छ। जनताले अपमान हैन सम्मानका निम्ती नयाँ संविधान ल्याएका हुन। संविधानको मर्म बुझेर सरकारले काम गर्नुपर्दछ। 

उनले राष्ट्रिय जनमोर्चाप्रति कटाक्ष गर्दे नेकपाको खेदो खन्ने र सँघियताको विरोध गर्दे हिँड्ने चित्रबहादुर केसी पदको लोभमा निरन्तर चुनाब लड्न पनी नछोड्ने बताए। मुद्धा एकातिर काम एकातिर पनि सम्भव हुन्छ र कमरेड ? थापाले भने, अघिपछि संघियताको विरोध गर्दै प्रदेश चाहिँदैन भन्नले अहिले आफ्नै दलको उम्मेदवार बनाएर निर्वाचनमा होमाउनु भएको छ। थापाले राजमोले निर्वाचनमा सम्म नेकपाको साथ लिएको छ, निर्वाचनपछि नेकपालाई नै गाली गर्दे हिड्ने जिकिर गरे। 

थापाले बागलुङ प्रदेश सभा २ (ख) को यसपटकको निर्वाचनमा नेपाली काँग्रेसका जित शेरचनको जित सुनिश्चत भइसकेको बताए। उनले यहाँका जनता यस पटक आफ्नो मत बदल्ने र काँग्रेसका उम्मेदवार जित शेरचनलाई जिताउनेमा आफु ढुक्क रहेको बताए।