प्याजको मूल्य २०० नजिक - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

प्याजको मूल्य २०० नजिक



काठमाडौं- प्याजको मूल्यमा फेरी एकपटक किर्तिमान बनेको छ । भारतबाट आयात रोकिएकाले बजारमा प्याजको भाउ आकाशिएको हो ।

मंसिर १ मा औसत खुद्रा मूल्य १ सय ७५ रुपैयाँ रहेको प्याज सोमबार १ सय ९५ रुपैयाँ कायम भएको छ । सोहीकारण प्याजको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार प्याजको खुद्रा मूल्य १ सय ९५ रुपैयाँ प्रतिकिलो निर्धारण भएको छ । तर, उपत्यकाका अन्य साना बजार र पसलबाट बिक्री हुने प्याजको भाउ प्रतिकिलो दुई सयभन्दा बढी छ ।

शुक्रबार र शनिबार मात्र कालिमाटी बजारमा प्रतिकिलो १ सय ८५ रुपैयाँमा प्याज बिक्री भएको थियो । तर, सोमबार बिहानबाट प्रतिकिलो १० बढेको छ । व्यवसायीका अनुसार भारतबाट वैद्यानिक माध्यमबाट आयात अति नै न्यून छ ।