यस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

यस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ चौथोपटक हेमोडायलासिस गरिएको छ।

ग्रान्डी अस्पतालमा २६ दिनअघि उनको पहिलोपटक डायलासिस गरिएको थियो। ९ दिनअघि तेस्रोपटक डायलासिस गरिएको थियो।

त्यतिखेर ओलीको मूत्रवाहिनी नली (युरेटर) अर्थात् मूत्राशय र मिर्गाैलाबीचमा राखिएको ‘स्टेन्ट’ समेत निकालिएको थियो। प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार ओलीको ‘रुटिन’ डायलासिस भएको हो।

‘उहाँ (ओली) ठीक हुनुहुन्छ,’ डा. शाहले भनेको खबर आजको कान्तिपुरले छापेको छ।

गत साउनदेखि नै मिर्गाैलासम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन्।