यातायातका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

यातायातका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ– यातायात कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुखसहित ३८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनीहरूबिरुद्ध अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो

२०६९ वैशाख, जेष्ठ र असार महिनामा प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार दुई सय ८४ जना व्यक्तिलाई गैरकानुनी रुपमा लाइसेन्स वितरण गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आइतबार आयोगले तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेलसहितको मिलोमतोमा राजश्वसमेत छली गरी भ्रष्टाचार गरेका अभियोग लगाएको छ। अख्तियारले पोखरेलले कार्यालय प्रमुख हुँदा आठ लाख उनान्साठी हजार पाँच सय पचास रुपैयाँ राजश्व हिनामिन गरेको भन्दै दोब्बर जरिमाना माग गरेको छ।

आयोगले अवकास पाइसकेका इन्जनियर वासुदेव पोखरेल, तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा, अवकास पाएका शाखा अधिकृत राममणी पोखरेल, शाखा अधिकृतहरु ईश्वरराज रेग्मी र शम्भुप्रसाद थपलिया हाल उपसचिव रहेका धर्मराज ढुङ्गाना, बाबुलाल रेग्मी, प्रहरी निरीक्षक मुरारी मिश्र छन्।

मुद्दा लाग्ने अरु कर्मचारीहरुको नाम