गम्भिर दुर्घटना, डाक्टरको टाउको फुटाई भाग्यो सवारी - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

गम्भिर दुर्घटना, डाक्टरको टाउको फुटाई भाग्यो सवारी



काठमाडौं- नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ७२ वर्षीय प्रभु जोशी रहेको प्रहरीले जनाएको छ।

संघीय संसद भवनको १ नम्बर गेट अगाडी बिहान ६ः१५ बजे दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिएका छन् । डाक्टर जोशी सिभिल हस्पिटलभित्रै बस्दै आएको र मर्निङवाकका लागि निस्कँदा दुर्घटनामा परेको बताइएको छ ।

तीनकुने प्रहरीका अनुसार सवारीको ठक्करबाट जोशीको टाउको क्षतविक्षत भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।