जागिरको अन्तर्वार्तामा बोलाएर बलात्कार - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

जागिरको अन्तर्वार्तामा बोलाएर बलात्कार



काठमाडौं । कन्सल्टेन्सीमा जागिर लगाइदिने भनेर अन्तर्वार्तामा बोलाई जबर्जस्ती करणी गर्न खोज्ने एक पुरुष र सो घटनामा मिलेमतो रहेका दुई महिला राजधानीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा रोहितप्रसाद ढुंगाना, निर्मला शर्मा र मीना रिमाल छन्।

सिनामंगलस्थित एक कन्सल्टेन्सीमा जागिर लगाइदिने भन्दै निर्मला शर्मा र मीना रिमालले पीडित किशोरीको चिनजान रोहितप्रसाद ढुंगानासँग गराएका थिए।

उनीहरुले मंसिर ५ मा अन्तर्वार्ताका लागि ती किशोरीलाई बोलाएका थिए। प्रहरीका अनुसार बिहान साढे ८ बजे अन्तर्वार्ता दिन पुगेकी किशोरीलाई पहिले उनीहरुले बानेश्वरको एक खाजाघरमा पुर्‍याएका थिए।

खाजा खाइसकेपछि डेरा लगिदिने भन्दै उनलाई ट्याक्सीमा राखेर ढुंगानाले गोदावरी रिसोर्ट पुर्‍याएका थिए।

जबर्जस्ती गर्न खोज्दा प्रतिकार गरेर ती किशोरी उम्किन सफल भई आफन्तको सम्पर्कमा पुगेकी थिइन्।

प्रहरीले संलग्न तीनै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।