नेतालाई भ्रष्टाचार सिकाउने गुरु कर्मचारी हुन्: हरिवंश आचार्य - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

नेतालाई भ्रष्टाचार सिकाउने गुरु कर्मचारी हुन्: हरिवंश आचार्य



काठमाडौं- नेपाली समाज कतातिर जाँदै छ? किन आम मानिसमा निराशा बढ्दै गएको छ? समाजकाम प्रगतिका बाधकहरू के हुन्?

करिब ४ दशकदेखि नेपाली रंगमञ्च, अभिनय तथा हास्यव्यंग्य विधाका विशिष्ट परिचय बनाएका वरिष्ठ कलाकार हरिवंश आचार्यसँग यी र यस्तै विषयमा लक्ष्मी बलायर र सीताराम बरालले कुराकानी गरेका छन्। जसको सम्पादित अंश आज शनिबारको नयाँ पत्रिकामा छापिएको छ। प्रस्तुत छ, त्यसको एउटा अंश-

देश चलाउने बाहिरी शक्ति छ भन्ने कुरा आशंका मात्र हो कि सत्य पनि?
यो हल्ला मात्र होइन, शतप्रतिशत साँचो कुरा हो। फलानो नेता वा फलानो व्यक्तिले भनेको भनेर कुनै व्यक्तिको नाम म यहाँ लिन चाहन्नँ। तर उच्च राजनीतिक तहमा अन्तरक्रिया हुँदा शीर्ष तहका नेताहरू नै भन्नुहुन्छ– ‘सानो सानो कुरामा पनि बाहिरबाट हस्तक्षेप हुन्छ, काम गर्न निकै गाह्रो छ।’

विदेशी हस्तक्षेप त छँदै छ, हाम्रो देशले अपेक्षित सफलता हासिल गर्न नसक्नाको अर्काे कारण भ्रष्टाचार हो, घुसतन्त्र हो। प्रशासनतन्त्र यति छाडा भयो कि कर्मचारी नै नेताहरूलाई घुस खान सिकाउने गुरु बने। नेताहरू त अस्थायी हुन्, सत्तामा आउँछन्, दुई÷तीन वर्ष जिम्मेवारीमा बस्छन्, जान्छन्। तिनीहरूलाई ‘यताबाट यसरी खानुपर्छ है, उताबाट यसरी तान्नुपर्छ है’ भनेर सिकाउनेचाहिँ ब्युरोक्रेटहरू हुन्।