आफ्नै साथीको बहिनी बलात्कार गर्ने अखिल नेतालाई दश बर्ष जेल हुनसक्ने - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

आफ्नै साथीको बहिनी बलात्कार गर्ने अखिल नेतालाई दश बर्ष जेल हुनसक्ने



काठमाडौं। अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। राईमाथि आफ्नै साथीकी बहिनीलाई जवर्जस्ती करणी गरेको आरोप लागेको छ ।

आफ्नै साथीको बहिनीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका राईलाई सात देखि दश बर्षसम्मको जेल सजायको माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा हालेको हो।

उक्त मुद्दामा राईको बयान र थुनछेक बहशपछि काठमाडौं जिल्ला अदालतका न्यायधिश विनोदकुमार पोखरेलको ईजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको हो। राईले तिहारको बेला आफ्नै साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौं माकलबारी स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको थियो।

पिडितले उजुरी गरेपछि प्रहरीले अनुसन्धान शुरु गर्दा बलात्कार भएको हो भन्ने निश्कर्षमा प्रहरी पुगेपछि मुद्दा दायर गरेको थियो।